headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
‘लभ स्टेसन’ भियतनाम र इन्डोनेसियामा
|
नेपाली कथानक फिल्म ‘लभ स्टेसन’ को टिम यति बेला भियतनाम र इन्डोनेसियामा छ । फिल्मको गीत छायांकनका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही, कोरियोग्राफर शिशिर खाती, क्यामेरा पर्सन आलोक शुक्लासहितको टिम यी देश पुगेका हुन् ।
|
entertainment
|
चाडबाडलगत्तै तरकारी सस्तियो
|
दसैंको मुखमा अस्वाभाविक बढेको तरकारी तथा फलफूलको भाउ घट्न थालेको छ । उत्पादन वृद्धिसँगै सहज आपूर्तिका कारण मूल्य घटेको हो ।
|
business
|
किङ्गफिसर बियर नेपाली बजारमा
|
एशियाकै ठूलो बियर कम्पनी मध्येको युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर बियर बजारमा ल्याएको छ ।
|
business
|
अर्बपतिका आँखा अन्तरिक्षतिर
|
संसारका धनाढ्यहरू अन्तरिक्ष यात्रालाई सस्तो र व्यावसायिक रूपमा साकार बनाउने अभियानमा सामेल हुने क्रम बढ्दो छ । यिनैमध्येका हुन् अमेरिकी अर्बपति इलन मस्क, जेफ बेजोस् र बेलायती टाइकुन रिचर्ड ब्रानसन ।
|
business
|
‘आई एम सरी’ भन्दै सौगात
|
निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ को हालै सार्वजनिक गीतमा अभिनेता सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । जसमा सौगातले प्रियंकासँग माफी माग्ने मुडमा फकाइरहेका छन् ।
|
entertainment
|
पोखरा कप : आर्मीलाई डफिन्सको धक्का
|
अधिकांस दोस्रो रोजाइका खेलाडी उतारेको त्रिभुवन आर्मी क्लबविरुद्ध क्यामरुनी क्लब डफिन्स टिम फेमिलीले फराकिलो गोलअन्तरले जित हासिल गर्दै सेमिफाइनल तय गरेको छ ।
|
sports
|
च्याम्पियन्स लिग : लिभरपुल र टोटेनहमलाई जीवनदान
|
मोहम्मद सलाहले पहिलो हाफमा गरेको गोल र खेलको अन्तिम समयमा गोलरक्षक एलिसन बेकरले गरेको सानदार बचाउमा लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।
|
sports
|
नाटकमा नाजिर
|
चार वर्षयता नाजिर हुसेनले चारै वटा फिल्म खेले । फिल्मले दर्शकको मन जिते पनि । उनलाई भने फिल्मी दुनियाँमा आफ्नो कला अझै खुल्न नसकेको भन्ने लाग्छ । भने पनि, ‘अझै बेस्ट काम दिन सकेकै छैन ।’
|
entertainment
|
बूढीगण्डकीमा विवाद छैन : प्रधानमन्त्री
|
अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १२ सय मेगावाटको जलाशययुक्त बूढी गण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने विषयमा कुनै विवाद नभएको दाबी गरेका छन् ।
|
business
|
दुई तिहाइ पुनर्निर्माण हुनै बाँकी
|
भूकम्प गएको तीन वर्षको अवधिमा पाँचौंपटक पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरकारले नियुक्त गरेको छ ।
|
business
|
तरकारीमा सिन्डिकेट: ९८ स्टलको खारेजीबारे अन्योल
|
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज प्रक्रियामा अन्योल देखिएको छ ।
|
business
|
चर्या नृत्य: पुराना भन्छन्– लुकाऔं , नयाँ भन्छन्– देखाऔं
|
चर्यागुरु चन्द्रमान मुनिकार एक दिन आफ्ना चेलाचेलीलाई नृत्य सिकाइरहेका थिए । चर्या नृत्यको प्रचारको लक्ष्य लिइरहेका उनलाई पछि उनका गुरु राजेन्द्र श्रेष्ठ लगायतले झपारे । ‘चर्याको अनुशासन मिच्नु भएन,’ गुरुको भनाइ थियो, ‘यसलाई बजारिया बनाउनु ठीक होइन ।’
|
entertainment
|
नेपालद्वारा एमसीसी नौ विकेटले पराजित
|
नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि ९ विकेटको जित हात पार्दै क्रिकेटको मक्का लर्ड्समा पुनरागमन गरेको छ । प्रतिकूल मौसमका कारण ६ ओभरको खेलमा ४१ रनको लक्ष्य सजिलै ८ बल अगाडि पूरा गर्दै नेपालले एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जित हासिल गरेको हो ।
|
sports
|
करको त्रासले नेप्से घट्यो
|
आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत मानेर कर असुली गर्न निर्देशन दिएपछि बजार ओरालो लागेको छ ।
|
business
|
‘एयरलाइन्सको नाफा घट्ने’
|
अन्तर्राष्ट्रिय हवाई यातायात एसोसिएसनले सन् २०१८ मा आफ्नो नाफा १२ प्रतिशतले कम भई करिब ३४ अर्ब डलर मात्रै हुने प्रक्षेपण गरेको छ । इन्धनको मूल्य वृद्धि र श्रमिकको मूल्य बढेको भन्दै एसोसिएसनले यस्तो आकलन गरेको हो ।
|
business
|
हिल्साबाट १० हजार मानसरोवर
|
हिल्सा नाका हुँदै यस वर्ष ९ हजार ९ सय १५ भारतीय तीर्थयात्री मानसरोवर–कैलाशतर्फ गएका छन् । हिल्सा नाका भएर चीनको तिब्बतस्थित कैलाश र मानसरोवर तीर्थ गर्ने भारतीयको संख्या यस वर्ष घटेको छ ।
|
business
|
भारतीयकाे अान्दाेलनले जोगबनी नाका अबरुद्ध
|
भन्सारले जाँचपास ढिलो गर्दा मालवाहक ट्रकको जामले दैनिक जीवन कष्टकर बनेको भन्दै स्थानीयले भारततर्फको आईसीपीबाट ट्रक बाहिर निस्कन नदिदा जोगबनी नाकामा आयात निर्यात अवरुद्ध भएको छ ।
|
business
|
खेलाडीलाई सदस्यता राजनीति कि अधिकार ?
|
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को शनिबार कार्यसमितिको बैठक दुबईमा बस्दै छ । दुई दिनअघि निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बसेको थियो । आईसीसीकै रोहबरमा बनाइएको सल्लाहकार समितिमार्फत आएको प्रस्तावित विधान क्यानले उक्त साधारण सभाबाट हुबहु पारित गर्नुपर्ने थियो ।
|
sports
|
फ्यानको धम्की
|
कलाकारहरू आफ्नो सम्पत्ति भनेकै फ्यान हुन् भन्ने गर्छन् । बलिउड अभिनेता वरुण धवनचाहिँ आजकल यसो भन्न सक्दैनन् । उनी फ्यानविरुद्ध नै मुद्दा हाल्न बाध्य भएका छन् । यसै साता उनले एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
|
entertainment
|
‘भुइँमान्छे’ को नयाँ गीत
|
लास चिर्ने एक अधबैंसे युवकको मुख्य भूमिका रहेको फिल्म ‘भुइँमान्छे’ को आइतबार नयाँ गीत ‘जिन्दगी एउटा गीत हो...’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य अभिनेता रमेश बुढाथोकी र सिपोरा गुरुङ फिचरिङ छन् ।
|
entertainment
|
सहयोगीको भरमा भन्सार
|
हिल्सा नाकालाई सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ । सरकारी बेवास्ताका कारण यारी भन्सार कार्यालय पुन:स्थाना भएको छैन । उत्तरी सीमा हिल्साको भन्सार कार्यालय दुई सहयोगीको भरमा छ ।
|
business
|
ईपीएलः उपाधि जित्ने आशामा ललितपुर
|
ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जन गत वर्षको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) सम्झिँदा अहिले पनि थकथक हुन्छन् ।
|
sports
|
नेपाल–चीन ऊर्जा संयन्त्रको पहिलो बैठक अर्को महिना
|
नेपाल र चीनबीच ऊर्जासम्बन्धी सहकार्यका लागि गठित संयन्त्रको पहिलो बैठक तय भएको छ । ऊर्जा मन्त्रालयका अनुसार नेपाल–चीनबीचका ऊर्जा अधिकारी सम्मिलित संयन्त्रको बैठक सेप्टेम्बर २७ र २८ मा काठमाडौंमा बस्नेछ ।
|
business
|
मेयर कप फुटबल सुरु
|
तेस्रो मेयर कप फुटबल प्रतियोगिता हेटौंडामा सुरु भएको छ । शनिबार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर ७ लाई वडा नम्बर १ को पाथीभरा क्लबले २–१ ले हराएको छ ।
|
sports
|
रुकुमकोटमा धमाधम थपिँदै होटल
|
वैदेशिक रोजगारीबाट फर्किएका विनोद केसीले २१ लाख रुपैयाँ लगानी गरी छिप्रीदहमा ‘बीएलबी युनिक गेस्ट हाउस’ सञ्चालनमा ल्याएका छन् । दुई महिनाअघि सञ्चालनमा ल्याएको होटल व्यावसायबाट उनी सन्तुष्ट छन् ।
|
business
|
धुर्मुसको जन्मदिनमा रौतहटमा एकीकृत वस्ती शिलान्यास
|
कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् ।
चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।
|
entertainment
|
रग्बी सेभेन्सको आशा
|
नेपाली टोलीका कप्तान कृष्ण क्षेत्रीले सिंगापुरमा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा राम्रो गर्ने आशा रहेको बताएका छन् ।
|
sports
|
पिपुल्स च्वाईसमा सन्दीपको दाबेदारिता
|
गत वर्ष सन्दीप लामिछाने जति चर्चा नेपाली खेलकुदमा सायदै अरु रहे । नेपाली यू–१९ कप्तान बन्दै बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगको ड्राफ्ट हुँदै इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा छानिनुका साथै नेपाललाई वान डे अन्तर्राष्ट्रिय मान्यता दिलाउँदा सन्दीपको वाह वाही चुलिएको थियो ।
|
sports
|
द एक्टको पहिलो भिडियो
|
सांगीतिक समूह ‘द एक्ट’ स्थापना भएको एक वर्षजति भयो । आ–आफ्नो सर्कलमा नाम कमाएका चार म्युजिसियनले खोलेको उक्त मोर्डन अल्टरनेटिभ रक ब्यान्डले आफ्नो पहिलो म्युजिक भिडियो ‘हराएको थिएँ म...’ लन्च गरेको छ ।
|
entertainment
|
प्रधानमन्त्री कप भलिबल फागुनमा
|
नेपालगन्ज– प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पाँचौं संस्करण फागुन ३ देखि ७ सम्म नेपालगन्ज रंगलशालास्थित कभर्डहलमा हुने भएको छ।
|
sports
|
ओली र मोदीले अरुण तेस्रोको शिलान्यास गरेपछि स्थानीय खुसी
|
अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावित क्षेत्र नुमका दुर्गाबहादुर पराजुली अब परियोजना निर्माण हुनेमा ढुक्क छन् । शुक्रबार साँझ नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकैसाथ परियोजना शिलान्यास गरेपछि स्थानीयमा खुसी छाएको छ ।
|
business
|
सेज सञ्चालनमा समस्या
|
यहाँस्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि शक्ति मिनरल्स प्रालिले आयात गरेका १७ ट्रक औद्योगिक उपकरण एक सातादेखि भैरहवा भन्सार परिसरमा थन्किएका छन् ।
|
business
|
मायाको एन्टिबायोटिक माग्दै गम्भीर
|
अधिकांश गीत मायाप्रेमकै हुन्छन् । त्यसमा पनि प्रेमी वा प्रेमिकाले एकअर्काको प्रशंसामा भनेका शब्दमै बढी फूलबुट्टा भरेर गीत रचना गरिन्छ र गाइन्छ । तर यति बेला केही फरक शैलीको गीत चर्चामा छ ।
|
entertainment
|
स्टार बिनाको विश्वकप ?
|
नेयमार, केयलिन एमबापे, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोविरुद्धको विश्वकप । कल्पना गर्न सकिन्छ र ? अर्को शब्दमा भन्ने हो भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, तर त्यसमा कोही पनि स्टार खेलाडी छैनन् ।
|
sports
|
‘नेपाली क्रिकेटको पोस्टमार्टम जरुरी’
|
नेपालले मलेसियामा बिहीबार सम्पन्न एसिया कप छनोट प्रतियोगितामा निकै निराशाजनक प्रदर्शन गर्यो । उपाधि दाबेदारको हिसाबमा मलेसिया भ्रमण गरेको नेपाल ६ राष्ट्रसम्मिलित प्रतियोगितामा चौथो भयो ।
|
sports
|
मैदान तयारी अन्तिम चरणमा
|
नेपालका अब्बल दर्जाका क्युरेटर अजय पाण्डे आइतबार दिउँसो चर्काे घाममा बहुप्रतीक्षित ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डीपीएल) खेल हुने क्रिकेट मैदान सुम्सुम्याउँदै थिए ।
|
sports
|
शिवराम र भुवनलाई अग्रता
|
नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठ र भुवन नगरकोटीले गल्फर पाइलट्स एनपीजीए क्लासिक २०१८ अन्तर्गत पहिलो दिन अग्रता बनाएका छन् । सूर्य नेपाल गल्फ टुरको छैटौं इभेन्टमा बुधबार शिवरामले फ्रन्ट नाइनमा २ अन्डर ३२ र ब्याक नाइनमा १ अन्डर ३३ स्कोर गर्दै समग्रमा ३ अन्डर ६५ अंक बनाए । समान अंक जोडेका भुवनले फ्रन्ट नाइनमा १ ओभर ३५ खेले पनि ब्याक नाइनको प्रदर्शनमा सुधार गर्दै ४ अन्डर ३० को स्कोर बनाए ।
|
sports
|
ईपीएलः भैरहवा ग्ल्याडिएटर्सलाई हराउँदै ललितपुर प्याट्रियट्स क्वालिफायर्समा
|
भैरहवा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै ललितपुर प्याट्रियट्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को क्वालिफायर्समा प्रवेश गरेको छ ।
|
sports
|
अक्षय उत्कृष्ट नायक, निर्जा उत्कृष्ट फिल्म
|
बलिउडको सबैभन्दा प्रतिष्ठित पुरस्कार नेशनल फिल्म अवार्डमा रुस्तमबाट अक्षयकुमारलाई उत्कष्ट नायक र सोनम कपुर अभिनित निर्जालाई उत्कृष्ट फिल्मको उपाधी दिइएको छ ।
उत्कृष्ट नायिकाको उपाधी भने मलायलम फिल्म द फाउरफ्लाइबाट सुरभी सीएम मिनामिनुङ्गुले प्राप्त गरेकी छिन् ।
|
entertainment
|
आपूर्ति कम्पनी गठन गर्न दुई विकल्प
|
खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर बन्ने राष्ट्रिय आपूर्ति कम्पनीको खाका तयार भएको छ । संस्थानलाई आपूर्ति कम्पनीका रूपमा पुन: संरचना गरी नेसनल ट्रेडिङको सम्पत्ति र दायित्वसमेत उक्त कम्पनीमा गाभ्ने सम्बन्धमा गठित कमिटीले दुई विकल्पसहितको प्रस्ताव सुझाएको छ ।
|
business
|
इटालीद्वारा पोल्यान्ड पराजित
|
क्रिस्टियानो बिरागीले अन्त्यतिर निर्णायक गोल गर्दै रोबेर्टो मान्चिनीले सम्हालेयता इटालीलाई प्रतियोगितामा पहिलो जित दिलाएका छन् । अजुरीले नेसन्स कपमा सोरजोभमा भएको नेसन्स लिग ए को समूह ३ मा आइतबार पोल्यान्डमाथि १–० को जित हात पारेको हो ।
|
sports
|
टोटेनहमको सहज जित
|
तोकिएको समयमै नयाँ मैदानमा खेल्न नपाएको विवादलाई पन्छाउँदै टोटेनहम हट्सपरले वेम्बली मैदानमा शनिबार फुलहमलाई ३–१ ले पराजित गरेको छ ।
|
sports
|
कुलेखानीको जेनेरेटर नेपालीले बनाउने
|
विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको विगत तीन सातादेखि बिग्रेको जेनेरेटर नेपाली प्राविधिकले मर्मत सम्भार गर्ने भएका छन् ।
|
business
|
मह जोडी सम्मानित
|
प्रतिभा सम्मान प्रबन्ध गुठीले वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै भिक्षुणी डा. अनुजा गुरुमालाई सम्मान गरेको छ ।
|
entertainment
|
एभरेस्ट प्रिमियर लिग : विदेशी खेलाडीमा सबैको भर
|
एभरेस्ट प्रिमियर लिग (ईपीएल) शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदै छ । घरेलु क्रिकेटको ठूलो प्रतियोगिताका लागि सबै फ्रेन्चाइजी टोली तयार छन् ।
|
sports
|
टेलिकमको डाटा प्रयोगकर्ता बढे
|
नेपाल टेलिकमले चालु आर्थिक वर्षको फागुनसम्ममा आफ्नो डाटा सेवाका प्रयोगकर्ता १८ दशमलव १४ प्रतिशतले बढेको जनाएको छ । फागुन मसान्तसम्म डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको टेलिकमले जनाएको छ ।
|
business
|
'प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ'
|
नायीका श्वेता खड्काले भनिन्- 'तालको छाल हेरिरहँदा दिन बितेको पत्तै पाउँदिनँ । त्यसैले प्राकृतिक हिसाबले सुन्दर ठाउँ पोखरा नै लाग्छ । कति पटक पुगें भन्ने गन्ती नै छैन ।' उनलाई थप के के मन पर्छ त?
|
entertainment
|
पेन्टिङ प्रभावित फेसन
|
चित्रदेखि प्रभावित भई फेसन डिजाइन गर्ने चलन नयाँ होइन । अन्तर्राष्ट्रिय फेसन उद्योगको इतिहास पल्टाउने हो भने सय वर्ष अघिदेखि नै यस्तो भएको पाइन्छ ।
|
entertainment
|
'सामाजिक सञ्जाल बन्द गरिएको छैन’
|
सञ्चार तथा सूचना मन्त्रालयले सामाजिक सञ्जाल बन्द हुने हल्ला भ्रामक भएको भन्दै विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोस्ट गरी भ्रम फैलाउने टिप्प्णी गरेकोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
|
business
|
नयाँ सरकार बनेपछि चारपटक मूल्य वृद्धि
|
प्रधानमन्त्री केपी ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो । निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा २/२ रुपैयाँ बढेको थियो ।
|
business
|
पारसको स्वरमा राष्ट्रकविको गीत
|
पारस नेपालले गाएको ‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो...’ गीतको म्युजिक भिडियो युटयुबमा सार्वजनिक भएको छ ।
|
entertainment
|
‘योजना आयोगको समानान्तर संस्था’
|
सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी ‘थिंक टयांक’ का रूपमा अगाडि बढाउने भएको छ । प्रतिष्ठानको सदस्यमा चैतन्य मिश्र, मीना आचार्य, राजेन्द्रध्वज जोशी, सुरेन्द्र लाभ र गणेशमान गुरुङलाई तोकिएको छ ।
|
business
|
अवार्डको साथमा साहस
|
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०७४ का लागि खेलपोसाक उत्पादक साहस स्पोर्ट्स प्रालिसँग सह–प्रायोजन सम्झौता गरेको छ । एकवर्षे सम्झौताअनुसार साहसले मञ्च, अवार्डका विजेता र मनोनयनमा परेका खेलाडीलाई विविध खेलसामग्री प्रदान गर्नेछ ।
|
sports
|
पोखरा र वालिङ फाइनलमा
|
पोखरा महानगरपालिका र वालिङ नगरपालिका प्रथम मेयर कप फुटबलको उपाधिलाई भिड्ने भएका छन् । शनिबार सेमिफाइनलमा पोखराले गोरखा नगरपालिकालाई ८–१ ले हराएको थियो ।
|
sports
|
सेलिब्रिटी आमाहरू
|
बलिउड अभिनेत्री करिना कपुरले सुत्केरी भएको एक महिनामै शरीरको तौल घटाएको समाचारले चर्चा पाएको थियो । यसले पुष्टि गर्छ, सेलिब्रिटी आमाहरू आफ्नो शरीर र करिअर दुवैबारे संवेदनशील हुन्छन् । विश्व सुन्दरी ऐश्वर्या रायले छोरी पाएपछि फिल्म क्षेत्रमा पाएको अचिभमेन्ट सबैका लागि उदारहण नै बन्यो ।
|
entertainment
|
वीराङ्गनाको पोस्टर सार्वजनिक
|
एक्सन जान्रामा बनेको नेपाली फिल्म ‘वीराङ्गना’ को पोस्टर सार्वजनिक गरिएको छ । यही असार २९ मा मुलुकभर रिलिज हुने फिल्मको पोस्टरमा मुख्य कलाकारका रूपमा अनुपविक्रम शाही, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईंलाई प्रस्तुत गरिएको छ ।
|
entertainment
|
डिपीएल अपडेट : रोमाञ्चक खेलमा रुपन्देहीको जित
|
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो ।
|
sports
|
पकेट क्षेत्रकै आलुमा ऐँजेरु
|
लेकाली बस्तीको मुख्य खाद्य बाली र आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको आलु यस पटक ऐँजेरु पलाउने र कुहिने भएपछि किसान चिन्तित छन् । धार्चे ४ को लाप्राक र ५ को गुम्दामा आलु बारीमै कुहिएको छ ।
|
business
|
आर्मी र केसीटीसी विजयी
|
कर्णाली प्रिमियर लिग (केपीएल) टी–२० प्रतियोगिताको आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले जित दर्ता गरेका छन् ।
|
sports
|
आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक, ब्याजदर घट्न सक्ने
|
डेढ वर्षयता लगातार रूपमा बढिरहेको ब्याजदर केही घट्ने अपेक्षा सरोकारवालाले गरेका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा तरलता बढाउन विभिन्न कार्यनीति सार्वजनिक गरेपछि ब्याजदर घट्ने अपेक्षा गरिएको हो ।
|
business
|
ऋण विस्तार मोफसलमा बढी
|
उपत्यकामा भन्दा मोफसलमा बैंक तथा वित्तीय संस्थाको लगानी (ऋण) को विस्तार तीव्र दरमा भइरहेको भेटिएको छ । संघीयता तथा राजनीतिक स्थिरताले मोफसलमा आर्थिक वर्ष ०७४/७५ मा कर्जा विस्तारको दर उच्च बनाएको संकेत गर्ने जानकार बताउँछन् ।
|
business
|
मौरीबाट मनग्य आम्दानी
|
यो वर्ष मह बिक्रीबाट यतिका कमाइ होला भनेर राक्सिराङ ६ काकडाका आइतराम चेपाङले सोचेका थिएनन् । चार वर्षदेखि उनी स्थानीय जातको मौरीसँगै मुढेघारलाई विस्थापित गरी आधुनिक घार बनाए ।
|
business
|
चीनले गर्यो ‘न्यू सिल्क रोड’ को बचाउ
|
चिनियाँ अधिकारीहरूले बेइजिङको ‘न्यू सिल्क रोड’ बनाउने पहलको सोमबार बचाउ गरेको छ । मलेसियाले चीनद्वारा बनाइने दुइटा ठूला परियोजना रद्द गरेपछि बेइजिङको यो भनाइ सार्वजनिक भएको हो ।
|
business
|
पुण्यमको पुनरागमन
|
कुनै बेला यस्तो पनि थियो, ‘प्रतिबिम्ब’ ब्यान्डले राम्रै चर्चा बटुलेको थियो । विशेषगरी ‘कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ...’ गीतले स्रोता रिझायो पनि । ब्यान्डले २०४८ मा ‘प्रतिबिम्ब–१’ एल्बम सार्वजनिक गर्यो ।
|
entertainment
|
दिदीबहिनी विजयी
|
नेपालकी मायांका राणाले नेपाल आईटीएफ जुनियर यू–१८ टेनिसअन्तर्गत सर्किट–२ मा मंगलबार दोहोरो जित पाएकी छन् । मायांकाले महिला सिंगल्स र डबल्समा सफलता पाइन् ।
|
sports
|
‘बिहे गरेको हिजोजस्तो लाग्छ’
|
ऐश्वर्या राय र अभिषेक बच्चन यसै वर्ष विवाहको १२ औं वार्षिकोत्सव मनाउने तरखरमा छन् । ऐश्वर्यालाई भने अझै हिजै मात्र विवाह गरेजस्तो लाग्छ रे !
|
entertainment
|
प्रमोदले गाए देउडा
|
सुगम संगीतमा अहिलेका लोकप्रिय गायकमध्येमा पर्ने प्रमोद खरेलले पहिलो पटक देउडा गाएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा गाएका हुन् ।
|
entertainment
|
भुवन एक स्ट्रोकले अगाडि
|
भुवन नगरकोटीले रोयल नेपाल गल्फ क्लबमा तीन अन्डर ६५ खेल्दै सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन मंगलबार शीर्षस्थान हासिल गरेका छन् । उनी डिफेन्डिङ च्याम्पियन रामे मगरभन्दा एक स्ट्रोक अगाडि छन् ।
|
sports
|
“सिर्जनाले आशा जन्माउँछ”
|
राजनीतिक अस्थिरता, सामाजिक विकृति, अनेक अभाव र समस्याले जेलिएको समयमा विकास, शान्ति, स्थिरता अनि समृद्धिको खोजी तीव्र हुन्छ । तर समृद्धि ल्याउन काम गर्ने संरचनाले ठीकसँग काम गर्न नसक्दा निराशा बढदै जान्छ । यसरी आम रूपमा बढेको निराशाको आयतन घटाउने सानो कुराले पनि निकै महत्त्व राख्छ ।
|
entertainment
|
नम्रता फेरि नाटकतिर
|
फिल्मबाट रंगमञ्चतिर तानिएका अभिनेत्रीमध्ये एक हुन्, नम्रता श्रेष्ठ । तीन वर्षअघि मात्रै उनले अभिनय गरेको नाटक ‘यार्मा’ ले राम्रो चर्चा पाएको थियो ।
|
entertainment
|
‘नो मिन्स नो’
|
कालो र रातो पहिनमा सजिएका २६ युवती मञ्चमा एकनासले उभिएका थिए । उनीहरूले पालैपाले आ–आफ्नो एकल अभिनयमार्फत अंग्रेजी संवादमा माथिका यस्तै भाव अपिल गरिरहेका थिए । महिला माथि हुने हिंसाविरुद्ध रहेक वर्ष नारा, जुलुस र भाषण गरेर खबरदारी गर्ने गरिन्छ ।
|
entertainment
|
साढे तीन लाखले घुमे निकुञ्ज
|
चालु आर्थिक वर्षको फागुनसम्मको ८ महिना अवधिमा ३ लाख ४९ पर्यटकले निकुञ्ज/आरक्ष भ्रमण गरेका छन् ।
|
business
|
भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा साढे ३ अर्ब जोखिममा
|
भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो । सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्यास बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो ।
|
business
|
'प्रि–बजेट' छलफलमा किन गएनन् सत्तापक्षकै पूर्वअर्थमन्त्री ?
|
आउँदो आर्थिक वर्षको बजेट तयारीबारे छलफलमा अधिकांश पूर्वअर्थमन्त्रीहरू अनुपस्थित भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार अर्थ मन्त्रालयमा राखेको बजेट छलफल अधिकांश पूर्वअर्थमन्त्रीले ‘अघोषित बहिष्कार’ गरेका हुन् ।
|
business
|
“स्वेच्छाचारी बन्दै” चलचित्र बोर्ड
|
फिल्मकर्मीहरूले एकातिर फिल्मकर्मी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग गर्दै आइरहेका छन् भने अर्कातर्फ बोर्ड स्वेच्छाचारी बन्दै जान थालेको आरोप पनि लगाइरहेका छन् ।
|
entertainment
|
नेप्से साढे ७ अंकले बढ्यो
|
अघिल्ला तीन कारोबार दिनमा निरन्तर रूपमा बढेको नेप्से मंगलबार करिब साढे ७ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले बढेर नेप्से १ हजार २ सय २४.३६ विन्दुमा उक्लेको हो ।
|
business
|
‘झमकबहादुर’ले मनायो होली
|
‘झमकबहादुर’ फिल्म युनिटले पनि बिहीबार काठमाडौंमा होली मनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा भएको होली विशेष कार्यक्रममा ‘झमकबहादुर’ फिल्मका कलाकार तथा प्राविधिकहरु समूहगतरुपमै पुगेका थिए ।
|
entertainment
|
नारायणी लिफ्ट सिँचाइ: पम्प जीर्ण बन्दै
|
विद्युत्बाट चल्ने पम्पले नदीबाट पानी तानेर नहर सञ्चालन भएको योजना नारायणी लिफ्ट सिँचाइका पुराना पम्पहरू जीर्ण भएका छन् । तत्काल नफेर्ने हो भने कुन बेला बिग्रेर नहर ठप्प हुने हो भन्ने त्रास छ ।
|
business
|
एनआईसीद्वारा भारतबाट इनवार्ड रेमिटयान्स
|
एनआईसी एसिया बैंकले एक्सिस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटयान्स सुरु गरेको छ ।
|
business
|
प्रेरणा र निक च्याम्पियन
|
तेस्रो वार्सटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा प्रेरणा कोइराला च्याम्पियन भएकी छन् ।
|
sports
|
गाउँलेले चिन्न थाले जडीबुटी
|
‘घर वरपर र खेतमा उम्रिने सबैखाले वनस्पति झार होइनन्, तीमध्ये कतिपय जडीबुटी पनि हुन सक्छन् ।’ मोरङ जहदा ७ महादेवकोल बस्तीकी देवतिया मण्डल यो ज्ञान पाएपछि खुसी छिन् ।
|
business
|
समृद्धिका लागि विश्व बैंकले सुझायो ६ प्राथमिकता क्षेत्र
|
निजी क्षेत्रको लगानी र विदेसिएका नेपाली कामदारको सीपलाई सदुपयोग गरी तीव्र आर्थिक वृद्धि गर्नुपर्ने विश्लेषणसहित विश्व बैंकले नेपालको विकास योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने क्षेत्रका रूपमा पहिचान गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
|
business
|
नेत्रहीनलाई सघाउन नाचगान
|
बिहानैदेखिको झरी दिउँसो केही रोकिए पनि बुटवलस्थित प्रदर्शनी स्थल हिलाम्मे थियो । तर, यसले दर्शकश्रोताहरूलाई त्यस्तो फरक पारेन ।
|
entertainment
|
ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा
|
ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेल एक/एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो ।
|
sports
|
नेपाली अलैंचीमा चिनियाँ चासो
|
अलैंचीको मूल्य लगातार ओरालो लागिरहेका बेला नेपालको अलैंचीको अवस्था अध्ययनका लागि चिनियाँ टोली आउने भएको छ । चीनका उद्योगी, व्यापारी, प्राध्यापक र कृषिविज्ञ सम्मिलित टोलीले किसानदेखि व्यापारी र सरकारी अधिकारीसम्मलाई भेट्ने योजना बनाएका छन ।
|
business
|
सरस्वती र एपीएफको लय
|
महिला भलिबलको घरेलु प्रतियोगिता हुनासाथ फाइनल यात्रा तय गर्ने सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती चौधरी परिचित नाम हो । बाइसौं राष्ट्रिय भलिबल प्रतियोगितामा पनि उनले आफ्नो टिमलाई फाइनल पुर्याएरै छाडिन् ।
|
sports
|
अलैंची नीति लागू गर्न माग
|
किसान र व्यवसायीले अलैंची विकास बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् । अलैंची खेतीमा थुप्रै सम्भावना भए पनि समस्या समेत उत्तिकै देखा परेको भन्दै किसानले समस्या समाधानका लागि छुट्टै स्वायत्त निकाय गठनको माग गरेका हुन् ।
|
business
|
युनाइटेड विजयी, टोटेनहमको हार
|
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार बर्नलीको घरेलु मैदानमा २–० को सहज जित दर्ता गरेको छ ।
|
sports
|
सातामा करिब १० अर्ब निक्षेप थपियो
|
गत साता वाणिज्य बैंकहरूमा करिब १० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरूमा निक्षेप घटिरहेको बेला गत साता ९ अर्ब ८० करोड रुपैयाँ थपिएको राष्ट्र बैंकको तथ्यांक छ । गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप २२ खर्ब १६ अर्ब रुपैयाँ छ । अघिल्लो शुक्रबार (फागुन ११ गते) यस्तो निक्षेप २२ खर्ब ७ अर्ब रुपैयाँ थियो ।
|
business
|
नारायणगढ क्वाटरफाइनलमा
|
नारायणगढ फुटबल क्लबले बुधबार प्यासिफिक चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा रामनगर फुटबल क्लबलाई ४–१ ले पराजित गरेको छ ।
|
sports
|
सावित्राको चार गोल
|
स्टार फरवार्ड सावित्रा भण्डारीको चार गोलसँगै डिफेन्डिङ च्याम्पियन एपीएफले उपराष्ट्रपति महिला लिग फुटबलमा शुक्रबार रौतहटलाई ७–० ले पराजित गरेको छ ।
|
sports
|
जुडो टोली बैंककतिर
|
थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा भाग लिन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार बैंकक गएको छ ।
|
sports
|
नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय वार्ता, व्यापार घाटामा भारतको चासो
|
नेपाल–भारत वाणिज्य सन्धिसम्बन्धी सहसचिवस्तरीय दोस्रो बैठक बिहीबार पोखरामा सुरु भएको छ । परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भुपिन्दरसिंह भल्लाले गरेका छन् ।
|
business
|
खाद्यका २ सय ३३ कर्मचारी हटाइए
|
खाद्य संस्थानमा जथाभावी भर्ना गरिएका २ सय ३३ कर्मचारी हटाइएको छ । घाटामा गएको संस्थानमा मन्त्रीकै दबाबमा धमाधाम कर्मचारी भर्ती गरिएको खुलासा भएपछि संस्थान व्यवस्थापनले कर्मचारी हटाएको हो ।
|
business
|
“संगीतमा आफ्नोपन जोगाउनुपर्छ”
|
‘पहेँलो दाल छ भने पाऊँ न,’ खानासित हरियो खुर्सानी कुटुक्क टोक्दै भारतीय गायक कुमार सानुले भने, ‘नेपाली खाना खुब मनपर्छ ।’
|
entertainment
|
रूपन्देहीको दोस्रो जित
|
कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीले लगातार तेस्रो जित पाएको छ । रूपन्देही ११ ले शनिबारै त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हरायो । आर्मीको यो दोस्रो जित हो ।
|
sports
|
एण्डी मर्रे अस्ट्रेलियन ओपनको पहिलो चरणमै पराजित
|
वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको पहिलो चरणमै पराजित भएपछि बेलायती स्टार एण्डी मर्रेले चोटका बाबजुद खेलजीवनलाई निरन्तरता दिने कि शल्यक्रिया गर्ने भन्नेबारे अर्को साता निर्णय गर्ने बताएका छन् ।
|
sports
|
‘व्यावसायिक परिधिमा महिला उद्यमी’
|
युवा उद्यमीको संख्या बढे पनि यो अझै लैंगिक रूपमा समान नभएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । उद्यमशीलता क्षेत्रमा पुरुषकै वर्चश्व रहेको उनको भनाइ थियो । ‘यो अवस्थालाई विगत बनाउने बेला आइसक्यो,’ उनले भने, ‘शिक्षा, सम्पत्तिमाथिको अधिकारलगायतमा पछि परेकाले कमै महिला व्यवसाय क्षेत्रमा लागे । अहिले महिलाहरू व्यवसाय क्षेत्रको परिधिमा छन्, थप प्रोत्साहन जरुरी छ ।’
|
business
|
‘लम्फू’ का गीत
|
‘लम्फू’ का अडियो गीतहरू सार्वजनिक भएका छन् । चारै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । ती गीत प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेश लामा र अप्सरा घिमिरेले गाएका हुन् ।
|
entertainment
|
‘म लोभी कलाकार’
|
बलिउडमा छाएका सिक्किमेली मूलका कलाकार हुन् डेनी डेन्जोङ्पा । उनीपछि गीताञ्जली थापा चर्चामा आइन् । सन् २०१३ मा ‘लायर्स डाइस’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको भारतीय राष्ट्रिय अवार्ड जितेकी उनले फिल्म क्षेत्रमा विभेद झेल्ने गरेको खुलाएकी छन् ।
|
entertainment
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.